अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा धन्यवाद : नेकपा एमाले (विज्ञप्ति सहित)

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्ने विभिन्न संचारमाध्यम र शुभेच्छुकहरुलाई पार्टिले धन्यवाद दिएको छ।

पार्टिको तर्फबाट आज प्रेस विज्ञप्ति मार्फत पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीले उक्त धन्यवाद व्यक्त गर्नुभएको हो। प्रेस विज्ञप्तिमा लेखिएको छ-“हाम्रो पार्टी नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखी बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनु भएको छ। उहाँको स्वास्थ्य सामान्य रहेको छ। अध्यक्ष कमरेडको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका दिदिबहिनी तथा दाजुभाइहरुप्रति हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ।”           

Leave a Reply

Your email address will not be published. Required fields are marked *