एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

नेपाली काँग्रेस र नेकपा एमालेबिच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।