एमालेको सचिवालय बैठक जारी

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमालेको बैठक सरकार परिवर्तन लगायतका विशेष मुद्दामा छलफल भैरहेको जनाइएको छ।

बैठककमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सोमबार राति मुलुकको राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्ने सहमति भएसँगै सचिवालय बैठक भएको हो । बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग भएको समझदारीबारे जानकारी गराउनु हुने जनाइएको छ।