एमालेको सचिवालय बैठक बस्दै : मन्त्रीहरुले आजै राजिनामा दिने

काठमाडौं ! नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्ने भएको छ ।

आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताए । आज बस्ने सचिवालय बैठकबाट प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाइएको छ साथै एमालेका मन्त्रीहरुले आजै राजिनामा दिने जनाइएको छ।