प्रधानमन्त्रीद्रारा आह्वान सर्वदलीय बैठकमा एमाले नजाने,पार्टीको धारणा सार्वजनिक गर्न भोलि पत्रकार सम्मेलन

काठमाडौं ! प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री देउवाले बोलाएको बैठक बहिस्कार गर्ने भएको छ। स्थानिय तहको निर्वाचन नगर्ने नियतले गर्न लागिएको छलफलमा एमाले सहभागी नहुने नेताहरुले बताउनु भएको छ।

गठबन्धन दलले स्थानिय निर्वाचनलाई पर धकेल्न अनेक छलफलहरु चलाइरहेका छन् । यसैबीच भोलि एमालेले वर्तमान परिस्थिति र गठबन्धनको नियत विरुद्ध आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने जनाइएको छ। पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओलीले पार्टिको धारणा राख्नुहुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *