एमाले रामेछापको अध्यक्षमा कँडेरिया र सचिवमा कार्की सर्वसम्मत

काठमाडौं ! नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कँडेरिया र सचिवमा प्रकाशकुमार कार्की सर्वसम्मत निर्वाचित भएका छन् । एमाले रामेछापको ९औँ जिल्ला अधिवेशनमार्फत अध्यक्षमा कँडेरिया र सचिवमा कार्की सर्वसम्मत निर्वाचित भएको एमाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

अध्यक्ष पदका लागि कँडरिया र एमाले रामेछापका पूर्वउपाध्यक्षसमेत रहेका बागमती प्रदेश कमिटी सदस्य प्रेमबहादुर तामाङले मनोनयन दर्ता गराएका थिए । त्यसैगरी सचिवमा कार्कीसँगै रामबाबु घिमिरेले मनोनयन दर्ता गराएका थिए ।

सर्वसम्मत नेतृत्व चयनका लागि तामाङले अध्यक्षमा दिएको मनोनयन फिर्ता लिएका थिए भने घिमिरेले सचिवमा दिएको उम्मेदवारी फिर्ता लिएका थिए ।

अध्यक्षमा सर्वसम्मत चयन भएका कँडेरिया यसअघि एमाले रामेछापको सचिव थिए भने सचिवमा चुनिएका कार्की उपसचिव थिए ।