पाँच बर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्नेहरुले वैशाखमै संसद चुनाव गर्न कसरी राजी भए? – महासचिव पोखरेल

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत सत्ता गठबन्धनका नेतालाई फेसबुक स्टाटस मार्फत व्यङ्ग्य प्रहार गर्नुभएको छ। उहाँले “पाँच वर्ष अगावै चुनावगर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानिय चुनाव पछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !?” भनि प्रश्नका साथै व्यङ्ग्य गर्नुभएको हो।

सत्ता गठबन्धनमा स्थानिय चुनाब भन्दा अगावै संसदीय चुनाब गराउन बहस सुरु भएपछि प्रचण्ड र माधव नेपाल लगायत गठबन्धनप्रति व्यङ्ग्य सुरु भएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक खिचातानीले गर्दा संसद नचलेकोले ताजा जनादेशमा जान संसद विघटन गरि चुनाब घोषणा गर्दा उहाँहरुले प्रतिगमनको नारा लगाइ अदालतको सेटिङ मार्फत ओलीलाई सत्ताबाट हटाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *