एमाले भक्तपुरले राख्यो भोलि कार्यक्रम : अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौ ! पुर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि भक्तपुर जिल्लाका नेता कार्यकर्तालाइ सम्बोधन गर्नुहुने भएको छ।

इम्पेरीयल बैंक्वेट, सल्लाघारी भक्तपुरमा दिउँसो २ बजेदेखी कार्यक्रम हुने बताईएको छ।उक्त अवसरमा अध्यक्ष ओली प्रमुख अतिथी रहनुहुने छ साथै पार्टी केन्द्रिय सदस्य तथा पुर्वमन्त्री महेश बस्नेत,पार्टि केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज सोम मिश्र,भक्तपुर जिल्ला एमाले अध्यक्ष वचन देउजा लगाएत प्रमुख वक्ता रहनुहुनेछ।

पार्टिको पछिल्लो गतिविधि र राजनैतिक घटनाक्रममा पार्टिका नेता कार्यकर्तालाइ बिचलित नहुनका लागि सन्देश दिनपनी यो कार्यक्रम गरिएको बुझिएको छ। माधव कुमार नेपाल एमालेबाट अलग भएर नया पार्टी दर्ता गरेसगै अब नेकपा एमालेमा रहेको किचलो टुङ्गिएको छ ।भोलि हुने यस कार्यक्रमबाट अध्यक्ष ओलीले देशभरिका नेता कार्यकर्तालाइ अब सशक्त भएर पार्टिको काम कारबाहिमा लाग्न सुझाब निर्देशन दिने आकलन गर्न सकिन्छ।                                 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *