युवाहरुका ढुकढुकी महेश बस्नेतले पाए पार्टिमा थप महत्त्वपूर्ण जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान संशोधनको मस्यौदाका लागि विभिन्न समितिहरु गठन गरेको छ । एमालेले गठन गरेको विभिन्न समितिमध्ये व्यवस्थापन समितिको सदस्यमा नेकपा एमालेका युवा नेता महेश बस्नेतले जिम्मेवारी पाएका छन् । पार्टी नेता रामबहादुर थापाको संयोजकत्वमा गठीत व्यवस्थापन समितिमा बस्नेतसहित मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई र पासाङ शेर्पा रहेका छन् ।

त्यस्तै राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजक अध्यक्ष केपी शर्मा ओलीले आँफैंले राखेका छन् भने समितिका सदस्यहरुमा वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे छन् ।

त्यस्तै संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा ईश्वर पोखरेल रहेका छन् भने सदस्यहरुमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल रहेका छन् ।

त्यस्तै विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल रहेका छन् भने सदस्यहरुमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल रहेका छन् ।

एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको हो । केन्द्रीय समिति बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका थिए ।

ती समितिले तयार पारेको मस्यौदालाई स्थायी समिति र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *