एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा मध्याह्न साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने जनाइएको छ।

एमालेले वैशाख ८ देखि १० गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्दै छ।