एमाले बैतडीको अधिवेशन सुरु : वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा उद्घाटन

काठमाडौं ! नेकपा एमाले बैतडीको नवौँ जिल्ला अधिवेशन पाटनमा सुरु भएको छ। अधिवेशनको उद्घाटन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन्। आगामी जिल्ला नेतृत्व चयनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएर पाटन पुगेका छन्। १ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ।

अधिवेशनकै लागि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी पुगिसका छन्। आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ६ जनाले आकांक्ष देखाएका छन्। नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँद, हर्क धानुकले आकांक्षा देखाएका छन्।

अध्यक्षमा आकांक्षा धेरैले जनाएपनि सहमतीबाटै नेतृत्वको टुंगो लगाउने पक्षमा शीर्ष नेतृत्व देखिएको छ। आईतबारबाटै सहमतीका लागि पाटनको एक होटलमा आकांक्षीहरुसंग एक एक गरेर छलफल वार्ता भइरहेको स्रोतले बताएको छ।