एमालेको आकस्मिक सचिवालय बैठक बालकोटमा जारी : महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं- नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ। बैठक सोमबार बिहान ७ बजेदेखि बसेको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष, मन्त्रिपरिषद् हेरफेर तथा इलामको उपनिर्वाचन लगायतका विषयमा सत्ता गठबन्धन भित्र छलफल चलिरहेका बेला एमाले सचिवालय बैठक बसेको हो। आजको बैठकले नयाँ सत्ता समीकरण बारे पनि टुंगो लगाउने छ । उता सत्ता गठबन्धन भने फुट नजिक पुगेको छ।