एमाले कैलालीको ९ औं अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली भोलि कैलाली आउनु हुँदै

धनगढी ! पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि (आइतबार) कैलाली आउँदै हुनुहुन्छ। कैलालीको सुख्खडमा आइतबारबाट सुरु हुने एमाले कैलालीको ९ औं जिल्ला अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली भोलि कैलाली आउनु हुने भएको हो।

अध्यक्ष ओली आइतबार बिहान धनगढी विमानस्थलमा अवतरण गरि सुख्खड प्रस्थान गर्नु हुनेछ। भोलि बिहान अध्यक्ष ओलीले बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गर्ने कार्यक्रमपनि रहेको जनाइएको छ। जिल्ला अधिवेशनको उद्घाटन सकेर अध्यक्ष ओली आइतबार सांझै काठमाडौं फर्किनु हुने एमाले कैलालीले जनाएको छ।