एमाले धादिङको अध्यक्षमा भुमी त्रिपाठी विजयी

काठमाडौं ! नेकपा (एमाले)को धादिङ जिल्ला कमिटीको निर्वाचनको परिणाम बिहीवार आएको छ ।  अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी रामकुमार अधिकारीलाई २७१ मतले पराजित गर्दै त्रिपाठी विजयी भएका हुन् । त्रिपाठीले ३०९ र पराजित अधिकारीले २३८ मत पाए । अरु पदाधिकारी र सदस्यमा पनि धेरैजसो त्रिपाठीनिकट नै विजयी भएका छन् ।

यस्तै उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा विजयी भएका छन् । उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तबहादुर लामिछाने विजयी भए ।