एमालेको संसदीय दलको बैठक आजपनि बस्दै

काठमाडौं ! शनिबारबाट सुरु भएको नेकपा एमालेको संसदीय दलको बैठक आज आइतबार पनि बस्दैछ । सोमबारदेखि बोलाइएको हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक राखिएको हो ।

एमालेले अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा सांसदहरूबीच छलफल चलाएको छ। यसैबीच एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शनिबार बैठकलाई सम्बोधन गर्नु भएको थियो।