एमाले कैलालीले सार्वजनिक गर्‍यो ९ औं जिल्ला अधिवेशनको लोगो

धनगढी ! कैलाली जिल्लाको आसन्न ९ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच अधिवेशनको लोगो सार्वजनिक गरिएको हो।

जिल्ला पार्टी कार्यालयमा आज आयोजित उक्त लोगो एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज गणेशसिं ठगुन्नाले सार्वजनिक गर्नु भएको हो। उक्त अवसरमा एमाले जिल्ला पदाधिकारी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

एमाले कैलालीले आगामी फागुन ६ र ७ गते सुखडमा ९ औं अधिवेशन गर्दैछ। उक्त अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ।