एमाले संसदीय दलको बैठक शनिबार र आइतबार बस्दै

काठमाडौं ! आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न नेकपा एमालेले दलको बैठक बोलाएको छ। बैठक भोलि शनिबार र पर्सि आइतबार बस्नेगरी बोलाइएको छ।

उक्त संसदीय दलको बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ ।