एमाले सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक माघ ८ र ९ गते धनगढीमा बस्दै

धनगढी ! नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक यहि माघ ८ र ९ गते बस्ने भएको छ। प्रदेशको प्रथम अधिवेशनपछिको उक्त बैठक बिहान ११ बजे धनगढी पार्टी कार्यालयमा बस्ने एमाले सुदूरपश्चिम प्रदेश सचिव रण बहदुर चन्दले जानकारी दिए।

उक्त बैठकबाट समसामयिक बिषयमा छलफल लगायत सांगठनिक बिषयहरुमा छलफल हुने जनाइएको छ। बैठक दुई दिनसम्म चल्ने भएकाले उक्त बैठकमा झुलाघाट-चिवाभङ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समिक्षाका साथै प्रदेश सदस्यहरुको जिम्मेवारी बाँडफाँड,विभागहरुको गठन,पार्टी जिल्ला अधिवेशनहरुबारे छलफल हुने जनाइएको छ।