एमाले केन्द्रीय कमिटीमा दामोदर भण्डारी सहित ६ सदस्यले लिए सपथ

काठमाडौं ! नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा दामोदर भण्डारीसहित मनोनित भएका ६ जना सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक विशेष कार्यक्रममा नयाँ केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन् ।

एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र एक जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदुरपश्चिम प्रदेशका दामोदर भण्डारी हुनुहुन्छ ।

यस्तै झापा अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल लगायतका नेताहरु उक्त कार्यक्रममा उपस्थित थिए। अध्यक्ष ओलीले नयाँ केन्द्रीय सदस्यहरुलाई सपथ गराएका थिए।