काठमाडौं ! नेकपा (एमाले)ले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ।
बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ।
अपाङ्गता क्लस्टरबाट विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन्। अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिए।
कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन्। दलिततर्फ दैलेखका हिक्मत बिक र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको एमाले कर्णालीका एक नेताले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशमा तीनै सिटमा एमालेले उम्मेदवार टुंग्याएको छ।
महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको एमालेले जनाएको छ।