राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाउँदै एमाले

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको उमेदवारको टुंगो लगाउँदैछ । उमेदवारको नामावली आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

शुक्रबारको सचिवालय बैठकले उमेदवारको विषयमा छलफल गरेपनि क्लष्टर मिलाउन बाँकी राखिएको थियो । बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।