एमाले सचिवालय बैठक : सुदूरपश्चिमबाट दामोदर भण्डारी केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं ! आज बसेको नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यमा सुदूरपश्चिम प्रदेशबाट निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई मनोनीत गरेको छ। केन्द्रीय सदस्यमा मनोनीत हुने नेता भण्डारी बैतडीबाट प्रतिनिधि सभा सदस्यपनि हुन् । भण्डारी अर्थ राज्यमन्त्री र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री समेत भैसकेका सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिन्छन् ।

नेता भण्डारीसँगै अन्य प्रदेशबाट आज केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुनेहरुमा कोशी प्रदेशका निवर्तमान प्रदेश अध्यक्ष तुलसी प्रसाद नेउपाने, बागमती प्रदेशका निवर्तमान अध्यक्ष केशव पाण्डे, मधेश प्रदेशका निवर्तमान अध्यक्ष रामअवतार यादब,कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष बिनोद शाह र झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की रहेका छन् ।