राष्ट्रिय सभा उम्मेदवारका लागि एमालेका पाँच प्रदेशले केन्द्रलाई पठाए नामावली (सूचिसहित)

काठमाडौं ! नेकपा एमालेका पाँच प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाएका छन्।

कोशी प्रदेश कमिटीले अन्य क्लस्टरतर्फ झापाका उमानाथ ओली, हरिचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घलेलाई सिफारिस गरेको छ।

महिलातर्फ इलामकी रजनी मेचे र सुनसरीका मेचीमाया धिमाल र रूक्मिणी कोइरालालाई सिफारिस गरेको छ।
गण्डकी प्रदेश कमिटीले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको छ।

अपाङ्गता/अल्पसंख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मिना बराम सिफारिस भएका छन्।

महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरूङ, स्याङ्जाका ईश्वरी सिग्देल अर्याल सिफारिस भएका छन्।
एमालेले राष्ट्रिय सभा सदस्यको लागि लुम्बिनी प्रदेशबाट ६ जनाको नाम सिफारिस गरेको छ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले तीन जना महिला र तीन जना अन्यगरी ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको जानकारी दिए।

सिफारिस गरिएकाहरूमा पाल्पाका झपेन्द्र जिसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरूङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मा छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशले १० जनाको नाम सिफारिस गरेको छ।

कर्णालीले खुला (अन्य)तर्फ जाजरकोटका कृष्णबहादुर शाह, जुम्लाका बलबहादुर महत, मुगुका डिल्ली भट्ट सिफारिस भएका छन्।
दलिततर्फ दैलेखका हिक्मत विक, सुर्खेतका बलबहादुर नेपाली, हुुम्लाका पर्वत सुनार, रूकुमपश्चिमका शशिराम नेपाली सिफारिस भएका छन्।

महिलातर्फ डोल्पाका बदमी क्वारा बोहोरा, हुम्लाका विमलाकुमारी शाही र कालिकोट सुभद्रा सिंह सिफारिस भएका छन्।

सुदूरपश्चिम प्रदेशले महिलातर्फ कैलालीकी सावित्री घिमिरे, कैलालीकै कमला केसी र कञ्चनपुरकी चित्रकुमारी चौधरी सिफारिस भएका छन्।

अल्पसंख्यक निर्वाचन क्षेत्र कञ्चनपुरका हरिदत्त भट्ट, कैलालीका रामदत्त जोशी र कञ्चनपुरकी अनीता ढुंगाना सिफारिस भएका छन्।

खुला (अन्य) तर्फ कैलालीका होरीलाल चौधरी, कञ्चनपुरकी ईश्वरी खरेल, डोटीका डिल्लीराज भट्ट र बाजुराका रंगमान शाही रहेका छन्।

मधेस र बागमती प्रदेशले टुंग्याउन बाँकी रहेको छ। सम्भवत: यी दुई प्रदेशले अनि दिउँसो सम्म उम्मेदवारको नाम सिफारिस गरेर पठाउने जनाइएको छ। प्रदेशबाट सिफारिस उम्मेदवारहरुको नामबाट राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाउने एमालेको सचिवालय बैठक अहिले १२:३० बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ।