एमाले प्रदेश पदाधिकारीको अभिमुखीकरण भेला आज हुँदै

काठमाडौं !  नेकपा एमालेले आज प्रदेश पदाधिकारीलाई अभिमुखीकरण एवं प्रशिक्षण दिदै छ। उक्त कार्यक्रम आज ११:३० बजे एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने जनाइएको छ।

उक्त अभिमुखीकरण कार्यक्रममा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव,उपसचिवहरुको सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए।

भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ। भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।