एमालेको सचिवालय बैठक शुक्रबार बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजे सचिवालय बैठक बोलाइएको एमालेका एक नेताले बताए।

शुक्रबार बस्ने बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन, मध्यपहाडी संकल्प यात्राको समीक्षा, आगामी कार्यक्रम लगायतबारे छलफल गर्ने जनाइएको छ।