एमाले प्रदेश पदाधिकारीको अभिमुखीकरण भेला हुँदै : अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने

काठमाडौं !  नेकपा एमालेले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ। उक्त कार्यक्रम यहि पुस १९ गते काठमाडौंमा हुने भएको छ।

उक्त अभिमुखीकरणमा  सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायततको सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए।

भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ। भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।