एमाले मधेस प्रदेश सम्पर्क कमिटीको कार्यसमिति सर्वसम्मत : अध्यक्षमा प्रविन कुमार यादव

काठमाडौ ! नेकपा (एमाले) मधेस प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट प्रविन कुमार यादवको अध्यक्षतामा कमिटी सर्वसम्मत चयन भएको छ। उक्त अधिवेशनले अध्यक्षमा यादव सहित उपाध्यक्षमा देव भण्डारी,सचिवमा वीर बहादुर कुँवर,उपसचिवहरुमा मोहम्मद इसलाम राइन र चेत कुमारी मैनालीलाई चयन गरेको छ।

त्यस्तै सदस्यहरुमा भोज बहादुर श्रेष्ठ,विश्वनाथ भण्डारी,शारदा उप्रेति लगायत ३९ जना सदस्यहरु सर्वसम्मत चयन भएका थिए। उक्त अधिवेशनबाट सर्वसम्मत कमिटी चयन गराउन सम्पर्क समन्वय कमिटीका सदस्य एवं मधेश प्रदेशका नेता किरण बहादुर कार्कीले महत्त्वपूर्ण भुमिका खेलेका थिए।