एमाले अध्यक्ष ओली आज चितवन जाँदै : कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज चितवन जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यसतर्फ जाँदैहुनुुहुन्छ ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने तयारी छ ।

अध्यक्ष ओली एमालेले आयोजना गरेको मध्यपहाडी लोकमार्गको सङ्कल्प यात्रा सकिएपछि उपत्यका बाहिरको यो पहिलो कार्यक्रममा आज चितवन जाँदै हुनुहुन्छ।