संकल्प यात्राबारे जानकारी दिन एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्दै

काठमाडौं ! नेकपा एमालेले सञ्चालन गरेकाे मध्यपहाडी लाेकमार्ग केन्द्रित अभियान अन्तर्गत झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। एमालेले पुस ८ गते दिउँसाे १ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेकाे पार्टीको अनाैपचारिक सचिवालय बैठकले संकल्प यात्रा भव्य रुपमा सम्पन्न भएकाे र जनताले अभूतपूर्व साथ दिएकाे निष्कर्ष निकालेकाे थियाे ।

सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय भन्ने नारासाथ एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा पुस १ गते पाँचथरकाे चिवाभञ्ज्याङ पुगेर सम्पन्न भएकाे थियाे ।