कसैले रोकेर नरोकिने एमाले : अवरोध तोडेर पाँचथरमा यसरी उर्लियो जनसागर

काठमाडौं ! नेकपा एमालेको झुलघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोली आज फिदिम, पाँचथर पुगेको छ। उक्त टोलीलाई पाँचथरमा भव्य स्वागत गरिएको छ ।

पहिचानवादीले सवैखाले अवरोध गरेपनि हजारौ जनता एमालेको यात्रामा सहभागी भएका छन । पाँचथरमा आयोजित सभामा जनताको बिसाल सहभागिता रहेको हो ।

एमालेको सभा रोक्नलाई पहिचानवादीका नाममा केही तत्वहरुले भरपुर मेहनत गरेका थिए तर जनताको मनमा बसेको एमाले र केपी ओलीलाई हेर्न र भाषण सुन्न हजारौं जनता टाढाटाढाबाट उपस्थित भए। जनताको अपार उपस्थिति देखेर अवरोधका लागि परिचालित कथित पहिचानवादीहरुले अवरोध गर्ने प्रयत्न गरेनन् । उक्त सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य राख्नु भएको थियो।