एमालेकाे संकल्प यात्रा आज काभ्रे पुग्दै

काठमाडाै । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आइतबार ११औं दिनकाे यात्रा गर्दैछ ।

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानकाे ११औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे एमालेकाे टाेली गाेरखाबाट काभ्रेपलाञ्चाेकतर्फ जानेछ ।

टाेली बिहान नुवाकाेटकाे विदुर नगरपालिकाबाट हिँड्नेछ । शिवपुरी गाउँपालिकास्थित चिसापानीमा खान खाएर टाेलीले छहरे, पार्टीभञ्ज्याङ लगायत ठाउमा भेटघाट गर्नेछ । त्यसपछि टाेली मण्डनदेउपुर नगरपालिकाकाे कुन्तावेशी बजारमा हुने जनसभामा सहभागी हुनेछ । सभालाई अध्यक्ष ओलीसहितका नेताहरुले सम्बाेधन गर्नुहुनेछ ।