रंगियो राकमः १० बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने आमसभाको लागि दैलेखको राकम कर्णाली ध्वजापतकाले रंगिएको छ ।
एमाले केन्द्रीय कमिटिले यहि मंसिर १४ गते बतडीकोझलाघाटदेखि शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ चौथो दिन अभियान कर्णाली प्रवेश गर्ने द्धारका रुपमा रहेको राकम कर्णालीमा हुने कार्यक्रमको अवसरमा एमालेले राकमलाई रंग्याएको हो ।
‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का शिलसिलामा पार्टीका अध्यक्ष ओलीसहित सिङ्गो हेडक्वाटर नैं आउने भएपछि एमाले कर्णालीका नेता कार्यकर्ताहरुले निर्माण गरेका स्वागतद्धार, तोरण र झण्डाले राकम कर्णाली रंगिएको हो ।
‘सुदूरपश्चिम प्रदेशको अछामसँग जोडिएको राकम कर्णाली अरु समयभन्दा निकै फरक देखिने दैलेखको राकम कर्णाली यो पटक तारा झण्डा, ब्यानर र स्वागत द्धारले रङ्गीएको छ’, आठविस नगरपालिका–५ दैलेखका पदम माझी भन्नुभयो ‘कार्यक्रम हुने प्रचार भएदेखि व्यापारिक रुपमा समेत सामान्य राकममा चहलपहल ह्वात्तै बढेको छ ।’
राकममा भएका होटेल कुनैपनि होटेल खाली नभएको बताउनु भएका माझीले एमालेको अभियानले कार्यकर्ता मात्रै होइन मन्द भएको मध्य पहाडको अर्थतन्त्र समेत केहि रुपमा चलाएमान भएको छ ।
एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रममा सहभागि हुन कर्णालीको कालिकोट, दैलेख जुम्ला, सुर्खेत र सुदूरपश्चिमको अछाम, बाजुराका जनताको समेत उपस्थिती हुने एमाले कर्णाली प्रदेश कमिटिका अध्यक्ष गुलावजंग शाहले जानकारी दिनुभयो ।
आब बिहान १० बजे हुने कार्यक्रममा देउडा खेल, हुड्के नाच र विभिन्न साँस्कृती झाँकीहरुको प्रस्तुती राखिएको छ । आमसभाको तयारीका लागि एमाले सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटि सदस्य तथा दैलेख जिल्ला इन्चार्ज यामलाल कँडेल, प्रदेश कमिटि अध्यक्ष गुलावजंग शाह, पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, पार्टीका प्रदेश कमिटि, जिल्ला कमिटिका पदाधिकारी र सदस्य, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु राकम कर्णालीमा केन्द्रीत भएका छन् ।
बैतडी जिल्लाको झलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ मा सहभागि हुनु भएका एमाले अध्यक्ष ओली नेतृत्वको केन्द्रीय टोली अछामको सदरमुकाम मंगलसेन पुगेको छ । बिहान मध्यपहाडि लोकमार्गमा पर्ने विभिन्न वस्तीहरुमा गरिने स्वागत ग्रहरण र भेटघाट गर्दै टोली १० बजे कर्णालीको राकम पुग्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।