पुर्ण रोकायाको नेतृत्वमा ७१ सदस्यीय एमाले मुगु जिल्ला कमिटी निर्विरोध

मुगु । पुर्ण रोकायाको नेतृत्वमा ७१ सदस्यीय मुगु जिल्ला कमिटिको नेतृत्व निर्विरोध भएको छ ।

मंसिर ९ गते सदरमुकाम गमगढीमा शुरु भएको नवौ जिल्ला अधिवेशनले

अध्यक्षमा रोकाया, उपाध्यक्षमा रत्नसिंह बिष्ट, सचिबमा सुरेन्द्र बहादुर मल्ल, उप–सचिब मदन बानियाँ र होईजाली वि.क. निर्विरोध निर्वचित हुनु भएको नेकपा (एमाले) कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले जानकारी दिनुभयो ।

सर्वसम्मत नेतृत्व छनोटका लागि भएको लामो प्रयासले रोकायाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटि निर्वाचित भएको छ, एमाले पोलिटव्युरो सदस्य मोहन बानियाले भन्नुभयो, बाँकी जिल्ला किमिटमा जिल्लाके भूगोल, अन्य पार्टीबाट आउने नताहरुको व्यवस्थापनका लागि भनेर केहि सिट बाँकी राखेर जिल्ला कमिटि निर्वाचित गरिएको हो ।

पार्टी केन्द्रको अन्तरपार्टी निर्देशन अनुसार नेकपा (एमाले) मुगुको नवौं जिल्ला अधिवेशन पार्टीका महासचिव शंकर पोखरेलले एक भव्य कार्यक्रमका बिच उद्घाटन गर्नु भएको थियो ।