एमाले मध्यपहाडी पदयात्रा : आज डडेल्धुरा र डोटीमा सभा हुँदै

काठमाडौ ! बिहिवारबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोक मार्ग पदयात्रा आज डडेल्धुराको अमरगढी पुगेको छ । आज बिहान देखि अमरगढीमा एमालेका विभिन्न कार्यक्रमहरु हुँदैछन् । आज बिहान ११ बजे अमरगढीमा एमालेले सभा गर्दैछ।

हिजो झुलाघाटबाट सुरू भएको पद यात्रा गोठलापानी,खोड्पे  बैतडी हुँदै डडेल्धुरा पुगेको हो। डडेल्धुराको सभा पश्चात् एमालेको पदयात्रा आजै डोटीतर्फ जानेछ।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा हिजोबाट सुरू भएको हो, जुन पुस ५ गते चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ ।