एमालेको मध्यपहाडी संकल्प यात्रा झुलाघाटबाट सुरु : अध्यक्ष ओलीद्वारा उद्घाटन

काठमाडौं ! नेकपा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ सुरु गरेकाे छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट आज शुभारम्भ गर्नु भएको छ।

अध्यक्ष ओलीले आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्रा शुभारम्भ गर्नु भएको हो। यस अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनु भयो। उक्त अभियानमा एमालेका पदाधिकारी तथा अन्य नेताहरुको उपस्थिति रहेको थियो।