एमाले कालिकोटको आठौं बैठक सम्पन्न : यस्ता छन् महत्त्वपूर्ण निर्णयहरु

कालिकोट ! नेकपा (एमाले) जिल्ला कमिटी कालिकोटको आठौं बैठक सम्पन्न भएको छ। जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेको अध्यक्षता,एमाले केन्द्रीय सदस्य एवं कालिकोट इन्चार्ज नवराज रावतको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न बैठकले विभिन्न महत्त्वपुर्ण निर्णयहरु गरेको छ।

बैठकले एमालेद्वारा आयोजित समृद्धिका लागि सङ्कल्प यात्रा झुलाघाट देखि चिवाभन्ज्याङ २०८० लाई सफल पार्न विभिन्न प्रस्तावहरु पारित गरेको छ। आगामी मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट प्रारम्भ हुने उक्त अभियान अन्तर्गत १७ गते दैलेखको राकम कर्णालीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रममा कालिकोटबाट १ हजारको संख्यामा जनता उपस्थित गराउने तयारी भैरहेको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नवराज रावतले जानकारी दिनुभयो।जिल्ला कमिटी बैठकले गरेका अन्य महत्त्वपूर्ण निर्णयहरु यस्ता छन् :-