एमाले नेतृ अर्यालको सरकारलाई चेतावनी : `सरकार आज तिमी जे गर्दैछौ, त्यो भोलि आफैंलाई महँगो पर्नेछ´

काठमाडौ ! नेकपा एमालेकी प्रभावशाली नेत्री एवम सांसद पद्माकुमारी अर्यालले दल विभाजनसम्बन्धी अध्यादेशले भोलि सरकार आफैंलाई महँगो पर्ने टिप्पणी गर्नुभएको छ ।

सरकारले केन्द्रीय समिति या संसदीय दलमा २० प्रतिशत मत पुर्याएर पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि नेतृ अर्यालले सरकारलाई समय छँदै सच्याउन चेतावनी दिनुभएको छ

उहाले सामाजिक सञ्जाल फेसबूक मार्फत सरकारलाई चेतावनी दिनुभएको हो,उहाले फेसबुकमा यस्तो लेख्नु भएको छ – ‘सरकार आज तिमी जे गर्दैछौ, त्यो भोलि आफैंलाई महँगो पर्नेछ । समय छ सच्याउनु ।’
एमाले विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश ल्याइएको भन्दै धेरै ठाउँबाट सरकारमाथि आलोचना बर्षिएको छ ।काङ्ग्रेस भित्रबाट पनि केही जिम्मेवार नेताहरुले सरकारको आलोचना गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *