एमाले उपत्यका विशेष प्रदेश कमिटीको स्वयंसेवक टोली जाजरकोट प्रस्थान

काठमाडौं । जाजरकोट भूकम्पबाट घरबारविहीन भएका जाजरकोट र रुकुमका भूकम्प पीडितहरूको सहयोगका लागि आज नेकपा (एमाले)को स्वयंसेवकहरूको अर्को टोली जाजरकोट प्रस्थान गरेको छ ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको ३० सदस्यीय स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको हो ।
पार्टीका महासचिव शंकर पोखरेल, पोलिटव्यूरो सदस्य तथा उपत्यका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्य, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट स्वयंसेवक टोलीलाई विदाई गर्नुभयो । विदाईमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्जहरू गोविन्द दुलाल र बालिका गिरी पनि उपस्थित हुनुहुन्थ्यो ।


महासचिव पोखरेलले यस स्वयंसेवक टोलीको नेतृत्व गर्नुभएका उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव जितेन्द्र श्रेष्ठलाई नेपालको राष्ट्रिय झण्डा, हेल्मेट लगायत बन्दोवस्तीका सामान प्रदान गरी कार्यसफलताको शुभकामना दिँदै विदाई गर्नुभयो ।
उपसचिव श्रेष्ठ नेतृत्वको टोलीमा उपत्यका विशेष प्रदेश कमिटी सदस्यहरू रामजी सापकोटा, प्रकाश भट्टराई, अर्जुन अधिकारी, कोपिला न्यौपाने र युवराज जिरेल हुनुहुन्छ भने मजदुर र युवा विद्यार्थी जिल्ला कमिटीबाट दिवाकर पोखरेल, शालिकराम सुवेदी, बालगोपाल थापा, कृष्णलाल डङ्गोल, कुमार ढुङ्गाना, अरुण श्रेष्ठ, भोजबहादुर खपाङ्गी, गोरखबहादुर सुनुवार, उदास श्रेष्ठ, दिनेश पाठक, बालकृष्ण खाइतु, गोकर्ण नेपाल, नीर केसी, सविता बस्नेत, गोपाल गुरूङ, पवित्रा ढकाल, सुवोध आचार्य, झपेन्द्र खत्री लगायत हुनुहुन्छ ।