एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्राको कार्ययोजना पारित

काठमाडौं ! नेकपा एमालले १४ मंसिरमा मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ ।

आज (बुधबार) एमाले मुख्यालय च्यासलमा पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । यो यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गर्ने उनले जानकारी दिएका छन ।

समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरुसहित हुने भएको उनले बताएका छन । ३ हप्तासम्म चल्ने पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् भने केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु टोलीमा रहने उनले बताएका छन ।