एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं !  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बुधबार बस्दैछ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजेदेखि सुरु हुनेछ।

आजकाे बैठकमा एमालेले मंसिर १४ गतेदेखि सुरु गर्न लागेको मध्यपहाडी क्षेत्रको केन्द्रित अभियानका विषयमा छलफल गर्नेछ।

साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल हुने बताइएकाे छ।

कात्तिक २२ गते बसेकाे सचिवालय बैठकले यही मंसिर १४ देखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको थियाे।

अभियान बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ।