एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बस्दै : यस्ता छन् एजेन्डाहरु

काठमाडौं ! नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बुधवार बस्दैछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

एमालेले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्‌भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट शुरू गर्दै छ ।