भूकम्प प्रभावित क्षेत्रमा एमालेका २८ समूहमा ११ सय स्वयंसेवक परिचालित

जाजरकोट । नेकपा (एमाले)ले भूकम्प प्रभावित क्षेत्रमा एकहजार एकसय जना स्वयंसेवक परिचालित गरेको छ ।
स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घरटहरा बनाउनका लागि जमीन सम्याउने जस्ता काम शुरू गरेका छन् ।
कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रको तर्फबाट  एकहजार र प्रदेशका एकसय गरी ११ सय स्वयंसेवक खटिएका हुन् ।
त्यसमध्ये जाजरकोटमा सातसय र रुकुमपश्चिममा चारसय स्वयमसेवक परिचालन हुने पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।