एमाले सुदूरपश्चिमबाट भुकम्प प्रभावित जिल्लाको सहयोगार्थ प्रस्थान गर्‍यो युवा-विद्यार्थी टिम

धनगढी ! नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशले भुकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका निम्ति आफ्नो प्रदेशको प्रतिनिधित्व स्वरुप युवा-विद्यार्थीलाई पश्चिम रुकुम पठाएको छ। आज नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले सुदूपश्चिम उपसचिव भागिरथि बिष्टले उनीहरुलाई धनगढीबाट बिदाई गर्नु भएको हो। पश्चिम रुकुम प्रस्थान गर्नेमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य किशोर शाह,युवा नेता भरत शाह,अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई लगायतको टिम छ।