एमाले धनगढी-८ वडा कमिटीको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढी ! नेकपा(एमाले) धनगढी उपमहानगरपालिका वडा नम्बर ०८ वडा कमिटीले शनिबार दशै,तिहार,नेपाल सम्बत,छठ लगायतका चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना साटासाट एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य नारदमुनी राना, विशिष्ट अतिथिमा एमाले केन्द्रीय कमिटी सदस्य सन्तोष शर्मा थापा, अतिथिहरुमा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका नवनिर्वाचित सदस्य तिर्थ भट्टराई,एमाले जिल्ला कमिटी सचिवालय बिष्णु चन्द ,जिल्ला कमिटी सदस्य चुडामणी भट्ट, जिल्ला कमिटी सदस्य कमलसिं राना,जिल्ला कमिटी सदस्य तथा धनगढी उपमहानगरकी उपमेयर कन्दकला कुमारी राना ,एमाले धनगढी उपमहानगर नगरकमिटी अध्यक्ष रामचन्द्र जोशी ,धनगढी उपमहानगरपालिका वडा नम्बर ०८ का वडा अध्यक्ष जुगराम चौधरी लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो।

उक्त कार्यक्रममा नेताहरुले चाडपर्व लक्षित शुभकामना आदानप्रदान गरेका थिए भने पार्टी कमिटीको ०८ नम्बर वडालाई अझै प्रभावकारी र सकृय बनाएर अगाडि बढाउने संकल्प गरेका थिए। प्रदेश कमिटीमा नवनिर्वाचित तिर्थ भट्टराईलाई उक्त कार्यक्रमबाट बधाई तथा सम्मान पनि गरिएको थियो।