एमाले सचिवालय बैठक : मंसिर १४ गतेदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी  मंसिर १४ गतेदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित बैतडीको झुलाघाटबाट विशेष अभियान चलाउने निर्णय गरेको छ ।

उक्त अभियान बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।

केन्द्रीय कार्यालय च्यासलमा आज बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

आजको सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको बैठक आगामी मंसिर ६ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।