एमालेको सचिवालय बैठक सुरु : यस्ता छन् एजेण्डाहरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बुधबारको बैठकमा एमालेले जाजरकोट र रुकुममा आएको भूकम्पपछि राहत र पुनर्स्थापनाका सम्बन्धमा छलफल गर्ने जनाइएको छ।

साथै मंसिरमा गर्न लागेको मध्यपहाडी सडक केन्द्रित   (बैतडीको झुलाघाट देखि पाँचथरको चियोभञ्ज्याङ) अभियानबारे निर्णय गर्नेछ । यो बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको मिति र स्थानबारे पनि निर्णय गर्नेछ।