एमालेको सचिवालय बैठक आज बस्दै : धनगढीमा बस्ने केन्द्रीय कमिटी बैठकको मिति तय हुने

काठमाडौं ! नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ।

बैठकमा समसामियक विषयबस्तुका साथै पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकको मिति र स्थान तय र मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने जनाइएको छ।

एमाले सचिवालय बैठकले सम्भवत: आगामी मंसिर ११ र १२ गते केन्द्रीय कमिटीको बैठक सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्ने निर्णय गर्नेछ,साथै उक्त बैठक सकिए लगत्तै मध्यपहाडी लोकमार्ग अभियानका लागि एमालेका सम्पुर्ण शक्ति बैतडीको झुलाघाट प्रस्थान गर्नेछन् ।