बिपद्को सहारा एमाले : भुकम्पपीडितको सहयोगार्थ सरकारलाई एक करोड दिने

काठमाडौं ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूकम्पपीडितकाे उद्धार र राहतका लागि सरकारलाई एक कराेड रुपैयाँ लाख उपलब्ध गराउने भएकाे छ।

जाजरकाेट र रुकुम-पश्चिम जिल्लामा पीडितहरूकाे उद्धार र राहतका लागि सरकारलाई एक कराेड रुपैयाँ लाख उपलब्ध गराउने निर्णय भएकाे एमालेका एक नेताले बताए।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट दुई जिल्लामा ठूलो धनजनको क्षति भएको छ।

एमालेले आफ्नाे पार्टी पंक्ति प्रभावित क्षेत्रमा खटाइसकेकाे पनि जनाएकाे छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार सबैलाई उद्धारमा खटिनका लागि अनुराेधसमेत गरेका थिए।