एमाले उपमहासचिव रिमाल भूकम्प प्रभावित जिल्लामा, पार्टीपङ्तीलाई राहत र सहयोगमा जुट्न निर्देशन

काठमाडौं ।  नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल आज भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट र प्रभावित जिल्ला रुकुम(पश्चिम) पुग्नुभई त्यहाँको पार्टीपङ्तीलाई भूकम्प पीडितको राहत र सहयोगमा जुट्न निर्देशन दिनुभएको छ ।


उपमहासचिव रिमालले जाजरकोटमा भूकम्पले क्षति पुर्याएका घरहरूको निरीक्षण र स्थानीय जनप्रतिनिधिबाट जानकारी लिनुका साथै अस्पलातमा उपचार गराइरहेका घाइतेहरूलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभयो ।
उहाँले जाजरकोट जिल्लास्थित पार्टी पङ्क्तीलाई भूकम्प प्रभावित जनतालाई राहत र सहयोग गर्नमा सम्पूर्ण ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको उपमहासचिव नेतृत्वको टोलीमा रहनुभएका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
यसैगरी उपमहासचिव रिमालले पश्चिम रुकुमका पार्टीका नेताकार्यकर्तालाई भेटेर भूकम्प पीडितको सहयोगमा खट्न निर्देशन दिनुभएको छ ।