सहायता परिचालनमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

काठमाडौँ- नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा उद्धार र राहतमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

एमालेले भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत जिल्ला र त्यस क्षेत्रका विभिन्न भागमा ठूलो मानवीय तथा भौतिक क्षति भएकामा दुःख व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन दिएको हो ।

एमालेले भूकम्प पीडितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न, पीडितलाई सहयोग गर्न तथा घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेको छ । रासस